Sagun Khabar
बैतडीबाट भन्सार छलीका सामग्री बरामद 
फाइल फोटो

बैतडी –बैतडीमा भन्सार छलीका सामग्री बरामद गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली दशरथचन्द नगरपालिका –६ घुमापिपलबाट १ लाख ४ हजार ४ सय रुपैयाँ बराबरको २ सय ३२ बण्डल बिँडी र एक थान मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

शुक्रबार दिउँसो ४ बजेको समयमा प्रहरी टोलीले बेवारिसे अवस्थामा उक्त सामग्री फेला पारेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । 

बरामद गरिएको भन्सार छलीको अवैध सामग्रीलाई आज महाकाली भन्सार कार्यालय झुलाघाटमा बुझाइने प्रहरी निरीक्षक सिंहले बताए । 

भारतबाट अवैध रुपमा उक्त सामग्री ल्याइएको बताइएको छ । महाकालीमा पानीको बहाव घटेसँगै ट्युबामार्फत भन्सार छलीका सामग्री भित्र्याउने गरिएको छ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update