बैतडीमा लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ
बैतडी- बैतडीमा लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेकी छन् ।
जिल्लाको पुचौडी नगरपालिका–४ की ३५ बर्षीया भावना धामीलाई बुधबार उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेब बडुले जानकारी दिए ।
लागूऔषध चरेस मुद्दामा धामी फरार रहेकी थिइन् ।
जिल्ला अदालत दार्चुलाले धामीलाई उक्त मुद्दामा १ वर्ष ७ महिना ६ दिन कैद सजाय र १५ हजार रुपैयाँ जरीवानाको फैसाल गरेको थियो । उक्त फैसालपछि उनी फरार रहेकी थिइन ।
फरार रहेकी धामीलाई पक्राउ गरेर अदालतको आदेश अनुसार डडेल्धुरा कारागार चलान गरिएको प्रहरी निरीक्षक बडुले बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२ १६:३२
प्रतिक्रिया दिनुहोस्




