Sagun Khabar
सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अवस्थीको सरुवा 

बैतडी – बैतडीको सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीको सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार अवस्थीसहित ३२ जना शाखा अधिकृतहरुको सरुवा गरेको हो । 

अवस्थीको सिगास गाउँपालिकाबाट जिल्ला समन्वय समिति बैतडीमा सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । अवस्थी गएको दुई बर्षयता सिगास गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत रहेका थिए । 


 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update