Sagun Khabar
पाटनमा शैक्षिक सामग्री बैंक स्थापना 

बैतडी –बैतडीको पाटन नगरपालिकामा शैक्षिक सामग्री बैंक स्थापना गरिएको छ । 

पाटन नगरपालिकाको नगर बाल अधिकार समितिले बैंक स्थापना गर्ने निर्णय गरेसँगै शैक्षिक सामग्री बैंक स्थापना गरिएको समितिका संयोजक एवं पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए । 

नगर क्षेत्रभित्र रहेका टुहुरा, जेहेन्दार र गरीब बालबालिकाहरुलाई शैक्षिक सामग्री उपलब्ध गराउने उद्देश्यसहित बैंक स्थापना गरिएको उपप्रमुख बोहराले बताए । 

उक्त बैंकमा शैक्षिक सामग्री जमा गरिदिन नगर बाल अधिकार समितिले सबैमा आग्रह समेत गरेको छ । शैक्षिक सामग्रीको अभावमा बालबालिकाहरुको पठनपाठनमा समस्या नहोस भन्ने हेतुले बैंक स्थापनाको निर्णय गरिएको उपप्रमुख बोहराले बताए । 

बैंकमा आफ्नो वैवाहिक बर्ष उत्सवको अवसरमा उपप्रमुख बोहराले शैक्षिक सामग्री हस्तान्तरण गरेर बैंकको उद्दघाटन समेत गरिएको छ । 

जन्मदिन, वैवाहिक बर्ष उत्सव लगायतका शुभकार्यको समयमा शैक्षिक सामग्री बैंकमा शैक्षिक सामग्री सहयोग गरेर बालबालिकाहरुको पठनपाठनमा सहयोग पुर्याइदिन आग्रह समेत गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update