बैतडी–बैतडीको पाटन नगरपालिका–८ ज्याफूस्थित जनप्रिय आधारभूत विद्यालयको प्रधानाध्यापकमा २२ बर्षीय भरत भण्डारी नियुक्त भएका छन् ।
पाटन नगरपालिका –९ घर भएका भण्डारी शिक्षण पेशामा आवद्ध भएको ६ महिनामै नेतृत्वदायी भूमिकामा पुगेका हुन् । करार राहत कोटामा कार्यरत भण्डारीलाई विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक जिम्मेवारी दिने निर्णय गरेको छ ।
गएको वैशाखमात्रै शिक्षण पेशामा आवद्ध भएका भण्डारीले विद्यालयले सुम्पेको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताएका छन् ।
आफूले विद्यालयमा परिवर्तन ल्याउने चाहना राखेको र यसमा सबैको सहयोग आवश्यक रहेको उनले बताए ।
नयाँ जिम्मेवारी पाएका भण्डारीले विद्यालय परिवार, पदाधिकारी तथा अभिभावकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा साथ, सहयोग र हौसलाको अपेक्षा गरेका छन् ।




