Sagun Khabar
बैतडीमा प्रहरीले पाँच थान भरुवा बन्दुक बरामद गर्यो 
फाइल फोटो

बैतडी –बैतडीमा प्रहरीले पाँच थान भरुवा बन्दुक बरामद गरेको छ । 

जिल्लाको पाटन नगरपालिका –७ उपल्लाबाटुलाका ५२ बर्षीय भागीराम लुहारको घरबाट बिहीबार दिउँसो २ बजेको समयमा पाँच थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । 

भागीराम लुहारको घरमा बन्दुक बनाउने गरेको भन्ने गोप्य सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सादा पोशाकमा खटिएको टोलीले खानतलासी गर्दा पाँच थान भरुवा बन्दुक फेला पारेको प्रहरी निरीक्षक बडूले बताए ।

बरामद गरिएका पाँच थान भरुवा बन्दुकमध्ये ३ थान साबुत र २ थान बेसाबुत रहेको उनले बताए । 

भागीराम लुहार अहिले उपचारको सिलसिलामा भारतमा रहेको बुझिएको र उक्त बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

बैतडीमा पछिल्लो समयमा प्रहरीले अवैध बन्दुक बरामद गर्दै आएको छ । यसअघि गएको शनिबार पञ्चेश्वरको हल्दुविनायकबाट एकथान भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको थियो ।   
 

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update