बैतडीका एक युवक काठमाडौंमा बेपत्ता
बैतडी - बैतडीका एक युवक काठमाडौंमा बेपत्ता भएका छन्।
बैतडीको शिवनाथ गाउँपालिका-२ गराली घर भई काठमाडौंको कीर्तिपुर ढाल्पा स्थित कोठा गरी बस्दै आएका २५ वर्षीय शिवराज रावत (शिबु) बिहीवार बिहान ५ बजेदेखि कोठाबाट बेपत्ता भएका बताइएको छ ।
२५ वर्षीय रावत मोबाईल समेत कोठामै छोडेर सम्पर्क बिहीन भएको हुँदा कीर्तिपुर लगायत काठमाडौंमा बस्ने सम्पूर्णलाई खोजी गरी सहयोग गरिदिन शिबराजकी दिदी अञ्जली रावतले अनुरोध गरेकी छिन्। काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक यातायात मार्फत (घर–बैतडी) आउन सक्ने आसंका समेत भएकाले उनलाई भेटाउने वा देख्ने जो कोहिले पनि नजिकैको प्रहरी कार्यालय वा ९८४०९००१७२, ९८४७१२७८२०, ९८४८७३६८१८ नम्बरमा सम्पर्क गरि सहयोग गरि दिन शिबराजका परिवारले आग्रह गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२ ११:३९
प्रतिक्रिया दिनुहोस्




