कांग्रेसद्वारा सुर्नयामा १ सय ४१ जना जेष्ठ क्रियाशील सदस्य सम्मानित 

बैतडी –नेपाली कांग्रेस बैतडीले सुर्नया गाउँपालिकाभित्र रहेका १ सय ४१ जना जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मानित गरेको छ । 

गाउँपालिकाभित्रका ८ ओटै वडामा रहेका जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मानित गरिएको क्रियाशील सदस्य छानबीन तथा अद्यावधिक समिति बैतडीका संयोजक रमेश बोहराले जानकारी दिए । 

बिहीबारदेखि सुर्नयामा वडा सम्मेलन र जेष्ठ क्रियाशील सदस्य सम्मान कार्यक्रम सञ्चालन गरेर आज समापन गरिएको बोहराले बताए । 

जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्ने क्रममा वडा नं १ का १६ जना, वडा नं २ का  १५ जना, वडा नं ३ का १२ जना, वडा नं ४ का १२ जना र वडा नं ५ का २८ जनालाई सम्मानित गरिएको छ । 

यस्तै वडा नं ६ का ७ जना, वडा नं ७ का २७ जना र वडा नं ८ का २४ जना जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मानित गरिएको बोहराले बताए । 

वडा सम्मेलन तथा जेष्ठ क्रियाशील सदस्य सम्मान कार्यक्रममा कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, उपसभापति बीरबहादुर बिष्ट, पूर्व जिल्ला सभापति नरेन्द्रसिंह थापा, सहसचिव दिपेन्द्र चन्द, क्रियाशील सदस्य छानबीन समिति संयोजक बोहरा लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

बैतडीमा दोगडाकेदार गाउँपालिका, पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकाका दुई वडा बाहेक अन्य पालिका र वडामा सम्मेलन र जेष्ठ क्रियाशील सदस्य सम्मान कार्यक्रम सम्पन्न भएको बोहराले बताए । 

नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउन र विधान अनुसार क्रियाशील सदस्य वितरण गर्न सम्मेलन र सम्मान कार्यक्रमको आयोजना गरिएको कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए । 

वडा सम्मेलन तथा जेष्ठ क्रियाशील सदस्य सम्मान कार्यक्रमले कार्यकर्ताहरुमा उर्जा भरेको कांग्रेस बैतडीका उपसभापति बीरबहादुर बिष्टले बताए । 
 

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update