बैतडी–अधिकांश सहकारी संस्थाहरु निष्क्रिय भएका बेला बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं,मेलाखानस्थित जनकालिका बचत तथा ऋण सहकारी संस्था अब्बल बन्दै गएको छ ।
२०५३ सालमा कालिका बचत समूहबाट शुरुवात गरिएको जनकालिका बचत तथा ऋण सहकारी संस्था २०५६ साल वैशाख १ गतेदेखि सञ्चालनमा रहेको छ ।
९ सय शेयर सदस्य रहेको जनकालिका बचत तथा ऋण सहकारी संस्थाले स्थानीयस्तरमा आर्थिक गतिविधि बढाएको संस्थाका अध्यक्ष खडक बोहराले बताए । उनले भने, ‘हामीले स्थानीयस्तरमा आर्थिक गतिविधि बढाएका छौं । बित्तीय साक्षरता दिँदै आएका छौं ।’
जनकालिका बचत तथा ऋण सहकारी संस्थामा ४ सय बालबचतकर्ता रहेका संस्थाका कार्यकारी प्रमुख प्रेम बोहराले बताए । यस्तै संस्थाले संस्थागत, दैनिक, ऐच्छिक र आवधिक बचत गर्दै आएको उनले बताए ।
जनकालिका बचत तथा ऋण सहकारी संस्थामा ३ करोड ६२ लाख ५५ हजार ३५६ रुपैयाँ बचत रकम रहेको छ भने ४ करोड २५ लाख १२ हजार ६०६ रुपैयाँ ऋण लगानि गरेको छ । यस्तै सहकारी संस्थामा ३२ लाख ६५ हजार ८ सय रुपैयाँ शेयर पूँजी रहेको कार्यकारी प्रमुख बोहराले बताए ।
जनकालिका बचत तथा ऋण सहकारी संस्थामा १० ओटा विभिन्न कोषहरु रहेका छन् । ती कोषहरुमा ३३ लाख ७५ हजा। ७ सय २७ रुपैयाँ रहेको अध्यक्ष बोहराले बताए । यस्ता कोषहरुमा जगेडा कोष, संरक्षण पूँजी कोष, संस्था विकास कोष, ऋण हानि कोष, पूँजी फिर्ता कोष, समुदाय विकास कोष, ऋण डुबन्त कोष, शेयर लाभांश कोष, सामाजिक विकास कोष, मातृत्व विकास कोष रहेका छन् ।
जनकालिका बचत तथा ऋण सहकारी संस्थामा ५ जना कर्मचारी कार्यरत रहेका र बिहानदेखि साँझसम्म सेवा दिने गरिएको छ ।
सहकारीले स्थानीयस्तरमा उद्यम विकासका लागि लगानि गर्दै आएको छ भने शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउनका लागि ऋण परिचालन गर्ने गरेको अध्यक्ष बोहराले बताए ।




