बैतडीको पाटनका एक किशोर बेपत्ता, खोजी कार्यमा सहयोग गरिदिन अपिल
बैतडी– बैतडीको पाटन नगरपालिका–१० हतास किलोगैटे घर भएका एक किशोर बेपत्ता भएका छन् ।
१८ बर्षीय पदमसिंह महरा शनिबार राति साढे ८ बजेदेखि हराइरहेका उनका बुवा रामसिंह महराले बताए । सुस्त मनस्थिती भएका महरा एक्कासी घरबाट निस्केका र अहिलेसम्म फेला नपरेका बताइएको छ ।
कालो टोपी, कालो जकेट र कालो ट्रयाक लगाएका पदमको खोजीका लागि प्रहरीमा समेत निवेदन दिइसकेको छ । शनिबार रातिदेखि नै उनको खोजी कार्य जारी रहेको पारिवारिक श्रोतले जनाएको छ । हराइरहेका पदमको खोजीमा सहयोग गरिदिन समेत परिवारले अनुरोध गरेको छ ।
हराइरहेका पदमलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालयमा वा मोबाइल नम्बर ९८४८७५६४०५ सम्पर्क गरिदिन हुन आग्रह गरिएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२ ०८:२३
प्रतिक्रिया दिनुहोस्




