बेपत्ता भएका बैतडीका पदम सकुशल फेला परे
बैतडी –बेपत्ता भएको बैतडीको पाटन नगरपालिका –१० का १८ बर्षीय पदमसिंह महरा सकुशल फेला परेका छन् । शनिबार राति साढे आठ बजेदेखि बेपत्ता रहेका महरा सोमबार बिहान पाटन नगरपालिका–८ आरुबाटा भन्ने स्थानमा फेला परेका हुन् ।
सोमबार बिहान स्थानीय धनसिंह महराको घरमा पानी माग्न भनेर पदम आएपछि उनको घरपरिवारलाई खबर गरिएको थियो । पदम सुस्त मनस्थिती भएका व्यक्ति भएकाले उनी बेपत्ता भएपछि परिवार चिन्तामा परेको थियो ।
शनिबार रातिदेखि नै बेपत्ता पदमको खोजी कार्य भइरहेको र आज फेला परेका उनका बुवा रामसिंह महराले बताए ।
प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२ १३:०६
प्रतिक्रिया दिनुहोस्




