डडेल्धुराको एक घरमा आगलागी हुँदा एक लाख बराबरको क्षति
डडेल्धुरा –डडेल्धुराको एक घरमा आगलागी हुँदा एक लाख बराबरको क्षति भएको छ ।
जिल्लाको अमरगढी नगरपालिका–१० बुडालीमा रहेको स्थानीय भीमबहादुर ऐरको घरमा हिजो आगलागी भएको हो । ऐरको ढुङ्गा, माटो र टिनले छाएको कच्ची भान्सा घरमा खाना पकाउन बालिएको आगोबाट आगलागी भएको बताइएको छ ।
आगलागीबाट घरमा रहेको काठ, लत्ताकपडा, खाद्यान्न तथा भाँडाकुडा जलेर नष्ट भएका छन् ।
आगलागीबाट कुनै मानवीय वा चौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२ १७:०१
प्रतिक्रिया दिनुहोस्




