डडेल्धुरामा मलामी गएका एक जनाको डुबेर मृत्यु
डडेल्धुरा –डडेल्धुरामा मलामी गएका एक जनाको डुबेर मृत्यु भएको छ ।
डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाँउ स्थित महाकाली नदीमा परशुराम नगरपालिका–९ बस्ने ६० वर्षीय इन्द्रबहादुर बोहरा मलामी गएको अवस्थामा महाकाली नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
शुक्रबार महाकाली नदीमा नुहाउने क्रममा पानीमा डुबेर बोहरा बेपत्ता भएका थिए ।
बेपत्ता बोहराको खोजतलासको क्रममा परशुराम नगरपालिका–६ कुडा स्थित महाकाली नदी किनारमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, पुस २६, २०८२ ०८:२०
प्रतिक्रिया दिनुहोस्




