डडेल्धुरा –डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्लाको अजयमेरु गाउँपालिका–२ बसना स्थित चमडा–डडेल्धुरा पक्की सडक खण्डमा चमडाबाट डडेल्धुरा तर्फ आउँदै गरेको सु.प.प्र.०१–००२ त ७४२८ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी कृष्णपुर नगरपालिका–२ बाणी निवासी २० बर्षीय सन्दीप चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
ट्याक्टरमा चालकसहित पाँच जना सवार रहेका थिए । दुर्घटनामा घाइते भएका कृष्णपुर–२ बाणी निवासी २० बर्षीय जोन चौधरी र २० वर्षीय पुरन चौधरीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । उक्त दुर्घटनामा घाइते भएका २३ बर्षीय उमेश रानालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ ।
ट्याक्टर चालक कञ्चनपुरको कृष्णपुर–२ बाणी निवासी ३२ बर्षीय करन चौधरी फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।




