कञ्चनपुरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
कञ्चनपुर –कञ्चनपुरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा दिउँसो जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक भीमदत्त नगरपालिका–१ बाराकुन्डाका ४० बर्षीय राम लुहार र ४२ बर्षीय दानसिँह धामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
जिप चालकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२ १७:०९
प्रतिक्रिया दिनुहोस्




