बैतडी - दोलखा जिल्ला स्थित उप्रेती समाज सेवाको वार्षिक साधारण सभा सम्पन्न भएको छ। बत्तिसपुतलीमा सम्पन्न कार्यक्रममा स्मारिका लोकार्पण सहित उप्रेती समाज सेवा संस्थाको भवन निर्माण गर्ने संकल्प सहित वार्षिक साधारण सभा सम्पन्न भएको संस्थाका अध्यक्ष सोभित उप्रेतीले बताए ।
बत्तिसपुतलीमा सम्पन्न वार्षिक साधारण सभामा संस्थाको वार्षिक प्रगति, आगामी योजना तथा विभिन्न गतिविधिबारे छलफल गरिएको बताइएको छ । उक्त कार्यक्रममा स्मारिका लोकार्पण सहित राष्ट्रिय स्वतन्त्र पाटीबाट नवनिर्वाचित सांसद प्रशान्त उप्रेती, रीना उप्रेती जोशी सहित निर्माण व्यवसायी राजेन्द्र उप्रेती लाई सम्मान गरिएको अध्यक्ष उप्रेतीले बताए ।
उनले संस्थाको भवन निर्माण कार्य चाँडै सुरु गरिने बताउदै उप्रेती समाज सेवाका गतिविधिलाई अझ नागरिकमुखी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन ।





