Sagun Khabar
डडेल्धुरामा झाडापखालाका कारण एक बालकको मृत्यु 

डडेल्धुरा –डडेल्धुरामा झाडापखालाका कारण एक बालकको मृत्यु भएको छ । 

परशुराम नगरपालिका–२ का सात बर्षीय युवराज बुढामगरको झाडापखालाबाट मृत्यु भएको जोगबुडा प्रादेशिक अस्पतालले जनाएको छ । 

एकै परिवारका चार जनालाई एक्कासी झाडापखाला भएपछि अस्पताल लैजाने क्रममा युवराजको बाटोमै मृत्यु भएको हो । 

जोगबुडा प्रादेशिक अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेका अनुसार झाडापखाला लागेका मृतककी आमा र अन्य तीन बालबालिका अस्पतालमा भर्ना गरिएका छन् । उनीहरूको हाल उपचार भइरहेको छ । तीनै जना बालबालिकामा झाडापखाला देखिएको र आमा भने अत्यधिक तनावका कारण प्रभावित भएको उनले बताए । 

झाडापखाला लागेका उनीहरूको हैजाको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको घिमिरेले जानकारी दिए । प्रारम्भिक रूपमा फूड पोइजनका कारण झाडापखाला र बान्ता भएको आशङ्का गरिएको छ । 

अस्पतालमा उपचार गराइरहेकाहरुको अवस्था भने समान्य रहेको बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update