खोलाले बगाउँदा एक बालक बेपत्ता
बाजुरा –बाजुरामा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।
बाजुराको हिमाली गाउँपालिका–१ मैतार्नास्थित कुवाडी खोलामा चार जना साथीहरुसँग नुहाउने क्रममा १४ बर्षीय बालक नवराज थापालाई खोलाले बगाई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बेपत्ता बालकको खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३ ११:००
प्रतिक्रिया दिनुहोस्





