Sagun Khabar
चार्जमा लगाएको मोबाइल चलाउँदा करेन्ट लागेर एक किशोरको मृत्यु 

डडेल्धुरा –डडेल्धुरामा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । 

जिल्लाको आलिताल गाउँपालिका–१ बन्तालका १६ बर्षीय अनिल विकको करेन्ट लागेर शुक्रबार बेलुकी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

चार्जमा लगाएको मोबाइल चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका विकलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । 

प्रकाशित मिति: शनिबार, जेठ १६, २०८३  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update