बैतडी–बैतडीको शिवनाथ गाउँपालिका वडा नं ५ को कार्यालयले नयाँ भवनबाट सेवा दिन शुरु गरेको छ ।
शुक्रबार एक कार्यक्रमकाबीच नयाँ भवनको उद्दघाटन गरेर सेवा शुरु गरिएको शिवनाथ गाउँपालिका–५ का वडा अध्यक्ष केशव चन्दले बताए ।
प्रदेश समपूरक योजना अन्तर्गत प्रदेश सरकारको ३३ लाख र गाउँपालिकाको ३७ लाख गरि ७० लाख रुपैयाँमा चार कोठे प्रशासकीय भवन निर्माण गरिएको वडा अध्यक्ष चन्दले बताए ।
वडाको आफ्नै प्रशासकीय भवन भएपछि सेवा प्रवाहमा सहजता भएको उनले बताए । वडा नं ५ को लामाखाली भन्ने स्थानमा भवन निर्माण गरिएको हो । निर्माण शुरु गरेको एक बर्षमै जय बाबा नागार्जुन निर्माण सेवाले भवन निर्माण कार्य सम्पन्न गरेको वडा अध्यक्ष चन्दले बताए ।
यसअघि भाडाको घरबाट सेवा दिँदै आएको वडा नं ५ को कार्यालयले अब आफ्नै भवनबाट सेवा दिन थालेको छ ।
भवन उद्दघाटन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले वडास्तरबाटै स्थानीय सरकारले दिने सेवालाई प्रभावकारी बनाउन पालिका सरकार प्रतिबद्ध रहेको बताए ।
यस्तै वडा अध्यक्ष चन्दले वडाबासीहरुको चाहना अनुसार वडाको प्रशासकीय भवन निर्माण भएको र यसले सेवा प्रदानमा सहजता हुने बताए ।





