Sagun Khabar
दार्चुलामा चरेशसहित एकजना पक्राउ 

दार्चुला –दार्चुलामा चरेशसहित एक जना पक्राउ परेका छन् । 

दार्चुलाको महाकाली नगरपालिका–४ बाङ्गाबगरबाट ११ ग्राम लागूऔषध चरेशसहित मार्मा गाउँपालिका–४ घर भई हाल बाङ्गाबगर बस्ने ३१ बर्षीय सन्तोष बर्मा सुनारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगर, दार्चुलाबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यस बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update