Sagun Khabar
सशस्त्र प्रहरीका जवानसहित दुई जना बेपत्ता

डडेल्धुरा –डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी)मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ बर्षीय तीर्थबहादुर थापा मगर रहेका छन् । 

प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहका अनुसार शुक्रबारदेखि सम्पर्कविहीन भएका दुवै जना मामाभान्जा नाता पर्ने बताइएको छ ।

महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेकाले नदीमा बगेको हुन सक्ने आशंकासहित खोजी शुरु भएको उनले जानकारी दिए ।
 

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update