Sagun Khabar
जगन्नाथ बहुमुखी क्याम्पसको स्ववियुले बुझायो दनपालाई ज्ञापन पत्र 

बैतडी–बैतडीको गोठलापानीस्थित जगन्नाथ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले दशरथचन्द नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । 

आगामी आर्थिक बर्षमा समेट्नुपर्ने विभिन्न कार्यक्रमहरुसहित मंगलबार नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)लाई ज्ञापन पत्र बुझाएको स्ववियु अध्यक्ष रोशन भट्टले बताए । 

स्ववियुले बुझाएको ज्ञापन पत्रमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा गोठलापानी क्षेत्रको फोहर व्यवस्थापन गर्ने कुरालाई प्राथमिकतासाथ समेट्न आग्रह गरिएको छ । 

यस्तै नगरपालिकाभित्रका सम्पूर्ण माध्यमिक विद्यालय र क्याम्पसहरुमा सेनेटरी प्याड र प्याड डिस्ट्रोयर मेसिन राख्नका लागि बजेट छुट्याउन आग्रह गरिएको स्ववियु अध्यक्ष भट्टले बताए । 

यस्तै नगरपालिकाभित्रका शहरी क्षेत्रका घरबाट निस्कने फोहरलाई व्यवस्थापन गर्नका लागि ढल निकास र शौचालय सफा ट्यांकरको व्यवस्थापन गर्न आग्रह गरिएको छ । 

नगरपालिकाले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेकाले त्यसको पूर्व सन्ध्यामा सुझावस्वरुप ज्ञापन पत्र बुझाएको स्ववियुले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ २०, २०८३  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update