Sagun Khabar
दशरथचन्द नगरपालिका–८ पूर्ण खोप सुनिश्चित वडा घोषणा 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–८ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । 

वडाभरीका जन्मेदेखि १५ महिनासम्म र १६ महिनादेखि २४ महिनासम्मका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप प्राप्त भएको सुनिश्चित भएपछि वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवन जोशीले बताए । उक्त वडामा रहेका ३१ जना बालबालिकाहरुले खोप पाएको उनले बताए । 

बालबालिकाहरुलाई बिसिजी, डिपीटी, हेबबि हिब, पिसीभी, पोलियो, रोटा, एआइपीभी, पेन्टाभ्यालेन्ट, एमआर, जेइ लगायतका खोप लगाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित वडा घोषणा गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए । 

सबै वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिने स्वास्थ्य शाखा प्रमुख जोशीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update