Sagun Khabar
राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको अध्यक्षमा बैतडीका रमेश कोली निर्वाचित 

बैतडी–राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको अध्यक्षमा बैतडीका रमेशराम कोली निर्वाचित भएका छन् । 

कैलाली धनगढीमा सम्पन्न महासंघको १४ औं बार्षिक साधारण सभा र सातौं राष्ट्रिय महाधिवेशनले कोलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिका अन्य पदहरुमा सर्वसम्मत पदाधिकारी चयन भएपनि अध्यक्षमा भने निर्वाचन भएको थियो । 

हुम्लाका पर्वत सुनारलाई पराजित गर्दै कोली अध्यक्षमा निर्वाचित भएका हुन् । लामो समयदेखि हलियामुक्ति आन्दोलनमा सक्रिय रहेका कोलीले शुक्रबार पदभार ग्रहण गरेका छन् । 

राष्ट्रिय मुक्त हलिया समाज महासंघले लामो समयदेखि मुक्त हलियाको हक, अधिकारको क्षेत्रमा काम गर्दै आएको र आगामी दिनमा यसलाई थप प्रभावकारी रुपले अगाडि बढाउने अध्यक्ष कोलीले बताए । मुक्त हलियाहरुले अहिले पनि विभिन्न समस्या झेलीरहेको बताउँदै उनले मुक्त हलियाहरुका समस्या समाधानका लागि नयाँ कार्यसमिति सक्रिय रहने उनले बताए । 

कोलीको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा कञ्चनपुरका शिवि लुहार र डडेल्धुराकी इन्दिरा ताम्राकार चयन भएका छन् । 

यस्तै महासचिवमा डडेल्धुराका तुलाराम सार्की, कोषाध्यक्षमा कञ्चनपुरकी सन्जु नेपाली तथा सचिवमा बाजुराका लालवीर सार्की र जाजरकोटका प्रसाद नेपाली चयन भएका छन् । 

यस्तै सदस्यहरूमा बैतडीका राजुराम भुल, डडेल्धुराकी कौशिला दमाई, डडेल्धुराका जगदीशकुमार चुनारा, बाजुराका जयलाल विक, सुर्खेतकी रोशनी कुमारी सुनार, दार्चुलाकी मानवती वड, हुम्लाकी तिलसरा विक र जाजरकोटकी चन्द्रकला कामी चयन भएका बताइएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update