Sagun Khabar
एसईई पूरक परीक्षाका लागि बैतडीमा तीनओटा केन्द्र निर्धारण 

बैतडी–आगामी असार १ गतेदेखि सञ्चालन हुने एसईई पूरक परीक्षाका लागि बैतडीमा तीनओटा केन्द्र निर्धारण गरिएका छन् । माध्यमिक शिक्षा परीक्षा समन्वय समितिले एसईई पूरक परीक्षाका लागि तीनओटा केन्द्र निर्धारण गरेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख पुष्करराज शर्माले बताए । 

विरेन्द्र मावि शाहीलेक, कृष्ण मावि पाटन र मणिलेक मावि काँडा मेलौलीमा ग्रेडवृद्धि परीक्षाका लागि केन्द्र निर्धारण गरिएको शर्माले बताए । विरेन्द्र माविमा ५०, कृष्ण माविमा ५० र मणिलेक माविमा ३३ विद्यालयका परीक्षार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ । 

असार १ देखि ९ गतेसम्म सञ्चालन हुने एसईई ग्रेडवृद्धि परीक्षामा ९ सय ६५ छात्रा र ८ सय ४ छात्र गरी १७ सय ६९ परीक्षार्थी सहभागी हुने बताइएको छ । 

गत चैतमा सञ्चालन भएको एसईई परीक्षामा बैतडीबाट ५१ दशमलव ३९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरु पूरक परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख शर्माले बताए । 

1-1780713021.jpg
 

2-1780713006.jpg
 

3-1780712990.jpg
 

प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update