हावाहुरीले विद्यालय भवनमा क्षति
बैतडी –पानीसहित आएको हावाहुरीले बैतडीमा विद्यालय भवनमा क्षति पुर्याएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका–७ स्थित गलिनाथ माविको भवनमा बुधबार साँझ पानीसहित आएको हावाहुरीले क्षति पुर्याएको विद्यालयका प्रधानाध्यापक दिनेश नागरीले बताए ।
चारकोठे दुई तले भवनको जस्ता पाताले छाएको भागमा हावाहुरीले क्षति पुर्याएको प्रधानाध्यापक नागरीले बताए । हावाहुरीले जस्तापाता उडाएपछि पानी कोठामा पसेर क्षति भएको उनले बताए ।
सूचना प्रवधि कक्ष र कार्यालय सञ्चालन रहेको भवनमा हावाहुरीले क्षति पुर्याएको उनले बताए । हावाहुरीले जस्तापाता उडाएपछि पानी पर्ने बित्तिकै समस्या भइरहेको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३ १७:३४
प्रतिक्रिया दिनुहोस्





