Sagun Khabar
पुर्चौंडी–६ को वडा कार्यालयमा गरिएको तालाबन्दी खुल्यो 

बैतडी –बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ६ को कार्यालयमा गरिएको तालाबन्दी खुलेको छ । सडक निर्माण गर्नुपर्ने भन्दै स्थानीयले जेठ २७ गते वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।

२०७६ सालदेखि निर्माण सुरू भएको वडा कार्यालय जोड्ने करिब ५ किलोमिटर सडक निर्माण सम्पन्न गर्नुपर्ने भन्दै गरिएको तालाबन्दी आज खुलेको हो । 

पुर्चौडी नगरपालिकाका नगर प्रमुख दिपकबहादुर बमको रोहवरमा ताला खोलिएको स्थानीय चक्र खडायतले बताए । सडक निर्माणमा अवरोध नगर्ने सहमति भएपछि ताला खोलेर वडा कार्यालय सञ्चालनमा आएको उनले बताए । 

प्रदेश सरकारको बजेटबाट निर्माणाधिन धम्ध्वा–खडायत गाउँ– वडा कार्यालय सडकमा खडायत गाउँकै स्थानीय गौरीलाल खडायतले अवरोध गर्दा स्थानीयले वडा कार्यालयमा तालाकन्दी गरेका थिए । गौरीलालले सडकभन्दा माथि आफ्नो घर रहेकाले सडक खन्दा घरमा समस्या हुने भन्दै काममा अवरोध गर्दै आएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, असार २, २०८३  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update