बैतडी–जिल्ला प्रहरी कार्यालय बैतडीले जेठ महिनामा चालु मुद्दाका १४ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जेठ महिनाको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै प्रहरीले ३ जना प्रतिवादी पक्राउ गर्न बाँकी रहेको जनाएको छ ।
यस्तै जेठ महिनामा फैसला कार्यान्वयनको सिलसिलामा २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । प्रतिवादीलाई २ बर्ष २ महिना १० दिन कैद सजाय भुक्तान गर्नका लागि सम्बन्धित कारागारमा पठाएको छ भने ९ लाख ५० हजार रुपैयाँ जरीवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
यस्तै एक महिनाको अवधिमा घरेलु हिंसाका ६ ओटा घटना प्रहरीमा दर्ता भएकोमा ६ ओटै घटनामा मिलापत्र गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै २३ ओटा ठाडो उजुरी परेकोमा २२ ओटा फच्र्याैट गरिएको प्रहरी निरीक्षक सिंहले बताए ।





