Sagun Khabar
बैतडीमा खैरो हेरोईनसहित एक जना पक्राउ

बैतडी–बैतडीमा लागू औषध खैरो हेरोईनसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको दशरथचन्द नगरपालिका–४ गोठलापानीबाट १ सय ४० मिलिग्राम खैरौ हेरोइनसहित सोही ठाउँका ३१ बर्षीय प्रवीन भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

भट्टलाई बुधबार दिउँसो बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका भट्टमाथि लागू औषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले बताए । 

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  ०७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update