Sagun Khabar
बाजुरामा बस दुर्घटना, २४ जना घाइते 

बाजुरा –बाजुरामा बस दुर्घटना भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान ७ बजेर २० मिनेटमा पवनदूत यातायातको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३५५ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएका जानकारी दिए । उनीहरु मध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने एक जनालाई अछामको बयलपाटा अस्पताल लगिएको छ । 

बसमा ३५ जना सवार रहेको एसपी कार्कीले बताए । बसको ब्रेक फेल भएर एक्कासी दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
 

प्रकाशित मिति: आइतबार, असार ७, २०८३  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update