Sagun Khabar
बैतडी प्रहरीद्वारा जेठ महिनामा १ सय ४१ ठाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन

बैतडी –जिल्ला प्रहरी कार्यालय बैतडीले समुदाय र विद्यालय केन्द्रित कार्यक्रम जारी राखेको छ । प्रहरी र समुदायबीचको सम्बन्ध बढाउन विभिन्न ठाउँमा सचेतनामूलक कार्यक्रम जारी राखेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

गएको जेठ महिनामा १ सय १२ ठाउँमा समुदाय केन्द्रित र २९ ठाउँमा विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गरिएको प्रहरी निरीक्षक सिंहले बताए । प्रहरीले सञ्चालन गरेको सचेतनामूलक कार्यक्रम अन्तर्गत ४ सय ४० जना महिला र १ हजार ९६ जना पुरुष सहभागी भएका प्रहरीले जनाएको छ । यस्तै विद्यालय केन्द्रित कार्यक्रममा ४ सय ८४ बालक र ५ सय २ जना बालिका सहभागी भएका थिए । 

समाज हुने विभिन्न खालका अपराध न्यूनीकरणका लागि प्रहरीले समुदाय र विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको प्रहरीको भनाइ छ । लागू औषध दुर्व्यसन रोकथाम, लैङ्गिक हिंसा न्यूनीकरण, विभिन्न ऐन कानुनको बिषयमा जानकारी दिने गरिएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, असार ७, २०८३  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update