बैतडी–बैतडीको शिवनाथ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८३÷८४ नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ ।
गाउँसभाको १७ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
अध्यक्ष साउँदले पेश गरेको नीति तथा कार्यक्रममा गाउँपालिकाभित्र शिक्षा,स्वास्थ्य, कृषि, खानेपानी, भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिने उल्लेख गरिएको छ ।
यस्तै गाउँपालिकाभित्र कार्यरत करार कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
बढ्दो जलवायु परिवर्तनको संकटसँग जुध्नका लागि जलवायु अनुकुलन परियोजनाको सहयोगमा विभिन्न ठाउँमा रिचार्ज पोखरी निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पेश गर्न बोलाइएको गाउँसभामा गाउँसभा सदस्यहरुको सहभागिता रहेको थियो । गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार आगामी आर्थिक बर्षको बजेट ल्याइने गाउँपालिका अध्यक्ष साउँदले बताए ।





