Sagun Khabar
दशरथचन्द नगरपालिकाको बजेट ९१ करोड ७२ लाख 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले आगामी आर्थिक बर्ष २०८३÷८४ का लागि ९१ करोड ७२ लाख ३६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । 

नगरसभाको नवौं नगर अधिवेशनमा उपप्रमुख कौशिला चन्दले उक्त बजेट प्रस्तुत गरेकी हुन् । बजेटले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि,पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको नगर प्रवक्ता अजब पाण्डेयले बताए । 

दशरथचन्द नगरपालिकाले आगामी आर्थिक बर्षमा नगर बस थप्ने कुरा बजेटमा उल्लेख गरेको छ भने नगर प्रहरी भर्ना गर्ने कुरा समेत उल्लेख गरिएको छ । दशरथचन्द नगरपालिकालाई धुँवारहित नगरपालिका बनाउने लक्ष्यसहित बजेट ल्याएको उपप्रमुख चन्दले जानकारी दिइन् । 

यसअघि सभामा नगर प्रमुख पुष्करराज जोशी(लख्खाभाइ)ले नगरपालिकाको नीति तथा कार्यक्रम पेश गरेका थिए । नीति तथा कार्यक्रम पेश गर्दै उनले विगतमा नगरपालिकाले सञ्चालनमा ल्याएका कार्यक्रमहरुलाई निरन्तरता दिएको उल्लेख गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update