पोखरीमा डुबेर दार्चुलामा एक बालकको मृत्यु
दार्चुला –दार्चुलामा पोखरीमा डुबेर चार बर्षीय बालकको मृत्यु भएको छ ।
जिल्लाको नौगाड गाउँपालिका–२ दल्लेखका चार बर्षीय ओलिसन मन्यालको डुबेर मृत्यु भएको हो । घरदेखि अन्दाजी ६०० मिटर टाढा रहेको तरकारी बारीमा सिचाई गर्न बनाएको पानी पोखरीमा डुवेर ओलिसनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
पानीमा डुबेर गम्भिर घाइते भएका बालकलाई उपचारको लागि गोकुलेश्वर अस्पताल गोकुलेश्वर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा बुधबार वेलुकी मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ११, २०८३ १८:३०
प्रतिक्रिया दिनुहोस्





