Sagun Khabar
बैतडीका सांसद भण्डारी रास्वपाको केन्द्रीय सदस्यमा पराजित 

बैतडी–बैतडीका सांसद हरिमोहन भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा पराजित भएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनमा भण्डारीले सुदूरपश्चिम भुगोलबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । उनले ५ सय ४१ मतमात्रै प्राप्त गरेका छन् । 

केन्द्रीय सदस्यका लागि सुदूरपश्चिम भुगोलबाट केन्द्रीय सदस्यका लागि १८ जनाले उम्मेदवारी दिएका थिए । ती मध्ये बढी मत ल्याउने पाँच जना केन्द्रीय सदस्यमा निर्वाचित भएका रास्वपाले जनाएको छ । 

यस्तै सुदूरपश्चिम भुगोलबाट केन्द्रीय सदस्यमा सांसद भण्डारीसहित बैतडीबाट तीन जनाले उम्मेदवारी दिएका थिए । बिरबहादुर बिष्ट र शिवराज पन्तले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । उनीहरु समेत पराजित भएका बताइएको छ । पन्तले ६ सय ३७ र बिष्टले ५५० मत प्राप्त गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, असार १२, २०८३  ०७:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update