Sagun Khabar
बैतडी प्रशासनको ‘मासिक उत्कृष्ट कर्मचारी’ बने भट्ट

बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीमा कार्यरत कम्प्युटर अपरेटर सुरेन्द्रदेव भट्ट ‘मासिक उत्कृष्ट कर्मचारी’ बनेका छन् । जिल्ला प्रशासन कार्यालय बैतडीले गएको वैशाखदेखि मासिक उत्कृष्ट कर्मचारी घोषणा गर्न थालेको हो । 

जेठ महिनाको मासिक उत्कृष्ट कर्मचारीको रुपमा कम्प्युटर अपरेटर भट्टलाई घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए । 

उत्कृष्ट कर्मचारी घोषणा भएका भट्टलाई कार्यालयकातर्फबाट खादा लगाएर सम्मान गरिएको छ भने उत्कृष्ट कर्मचारी लेखिएको फोटो कार्यालयमा राखिएको छ । कर्मचारीहरुको मनोबल बढाउन र सेवाग्राहीलाई सेवा प्रवाहमा सहजताका लागि ‘मासिक उत्कृष्ट कर्मचारी’ घोषणा गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

यस्तै जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुको बैठकले कार्यालयबाट प्रवाह हुने सार्वजनिक सेवाहरुलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने बिषयमा समेत छलफल गरेको छ । उत्कृष्ट सेवा प्रवाह, सुशासन र कर्मचारीहरुको उत्प्रेरणाका लागि कार्यालय प्रतिबद्ध रहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । 

प्रकाशित मिति: शुक्रबार, असार १२, २०८३  ०७:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update