Sagun Khabar
कृषि ज्ञान केन्द्र बैतडीको बित्तीय प्रगति ६३.२० प्रतिशत 

बैतडी–कृषि ज्ञान केन्द्र बैतडीले चालु आर्थिक बर्षमा ६३.२० प्रतिशत बित्तीय प्रगति भएको जनाएको छ । कार्यालयको कुल बजेट ९ करोड २२ लाख ७८ हजारमध्ये ५ करोड ७७ लाख १० हजार ८१ रुपैयाँ मात्रै खर्च भएको जनाएको छ । चालु आर्थिक बर्षमा कुल बजेटको ६३ दशमलव २० प्रतिशतमात्रै खर्च भएको कार्यालयका लेखापाल प्रेमराज भट्टले बताए । 

चालु आर्थिक बर्षमा कार्यालयको बजेट पूँजीगततर्फ ३० लाख ४० हजार रहेकोमा २५ लाख ३१ हजार ६०१ रुपैयाँ खर्च भएको बताइएको छ । पूँजीगततर्फ ८२.२७ प्रतिशत खर्च भएको जनाइएको छ । 

यस्तै चालुतर्फ ९ करोड २२ लाख ७८ हजार रुपैयाँ बजेटमध्ये ५ करोड ७७ लाख १० हजार ८१ रुपैयाँ खर्च भएको जनाइएको छ । चालुतर्फ ६२.५३ प्रतिशत मात्रै खर्च भएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताए । 

चालुतर्फको बजेटमा कर्मचारीको तलब, कृषि अनुदान लगायतका कुराहरु समावेश हुने गरेको बताइएको छ । 

Krisi-1783677760.jpg
 

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १५:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update