Sagun Khabar
दोगडाकेदार गाउँपालिकाको बित्तीय प्रगति ८५ प्रतिशत 

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकाले चालु आर्थिक बर्षमा ८५ प्रतिशत बित्तीय प्रगति भएको जनाएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा भएको खर्चको विवरण सार्वजनिक गर्दै ८५.०१ प्रतिशत खर्च भएको जनाएको छ । 

गाउँपालिकाको कुल बजेट मध्ये चालुतर्फ ३७ करोड १३ लाख १९ हजार १७३ रुपैयाँ खर्च भएको छ । यो चालु बजेटको ८८.०१ प्रतिशत रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेशराज जोशीले बताए । 

यस्तै पूँजीगततर्फ ९ करोड ५९ लाख १ हजार १ सय रुपैया खर्च भएको जनाइएको छ । यो पूँजीगततर्फको बजेटमध्ये ७५.११ प्रतिशत खर्च भएको गाउँपालिकाले जनाएको छ । 

Dogada-1783680270.jpg
 

प्रकाशित मिति: शुक्रबार, असार २६, २०८३  १६:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update