Sagun Khabar
दोगडाकेदारका विद्यालयमा साउन ४ देखि बर्खे बिदा 

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकाले आगामी साउन ४ गतेदेखि विद्यालयहरुमा बर्खे बिदा दिने भएको छ । 

गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्रका सम्पूर्ण विद्यालयहरुमा साउन ४ गतेदेखि साउन २४ गतेसम्म बर्खे बिदा रहने जनाएको छ । 

बर्षातको समयमा बालबालिकाहरुलाई विद्यालयमा आवतजावत गर्न समस्या हुने भएकाले हरेक बर्ष बर्खे बिदा दिने गरिएको छ ।  
 

प्रकाशित मिति: शनिबार, असार २७, २०८३  ०७:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update