Sagun Khabar
कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

कञ्चनपुर –कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा बुधबार दिउँसोतिर ४५ वर्षीय रनबहादुर सुनारले ४२ वर्षीया श्रीमती पारु सुनारलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते भएकी उनलाई उपचारका लागि दोधाराचाँदनी अस्पताल लगिएको थियो । राति दुवै जना उपचारपछि घर फर्किएका थिए तर घर फर्किएपछि पारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले पारुको मृत्युपछि उनका श्रीमानलाई अनुसन्धानका लागि पक्राउ गरिएको बताए ।

उनका अनुसार रनबहादुर सुनारलाई इलाका प्रहरी कार्यालय दोधाराले पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३  ११:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update