बैतडीको पुर्चौंडीमा ट्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
बैतडी –बैतडीको पुर्चौंडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
पुर्चौंडी नगरपालिका–१ खडीखेत बजारदेखि हाट बसपार्क तर्फ आउँदै गरेको सु.प.प्र.०२–००१ त १६०० नम्बरको ट्याक्टर आज दिउँसो साढे तीन बजे सडकबाट करीब २५ मिटर तल नदी किनारमा खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सैनाले बताए ।
उक्त दुर्घटनामा ट्याक्टर चालक कञ्चनपुरको सुडा निवासी ४४ बर्षीय देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक तिमिल्सैनाले बताए । ट्याक्टरमा चालकमात्रै रहेका बुझिएको छ ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३ १६:००
प्रतिक्रिया दिनुहोस्





