Sagun Khabar
अल्पायुमै निधन भएका झोकालीका नवीनको परिवारलाई संकलित रकम हस्तान्तरण 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–१ झोकालीकी राजमती भुललाई संकलन गरिएको सहयोग रकम हस्तान्तरण गरिएको छ । उनका श्रीमान नवीन भुलको २६ बर्षकै अल्पायुमा निधन भएपछि सहयोग अभियान सञ्चालन गरिएको थियो । 

लामो समयदेखि बिरामी रहेका नवीनको गएको असार १४ राति मृत्यु भएको थियो । उनको अल्पायुमै मृत्यु भएपछि घर परिवारलाई सहयोग पुर्याउन अभियान सञ्चालन गरिएको थियो । नवीनको घरमा श्रीमति,दुई छोरी र बुढेसकालकी आमा रहेकी छन् । घरको कमाउने मान्छेको नै अल्पायुमै निधन भएपछि नवीनको परिवार समस्यामा परेको स्थानीय केशवराम भुलले बताए । 

नवीनको परिवारका लागि सञ्चालन गरिएको अभियान अन्तर्गत संकलन भएको ६५ हजार ४ सय रुपैयाँ हस्तान्तरण गरिएको अभियान्ता केशवराम भुलले बताए । भारतमा पनि केही रकम संकलन भएको र त्यो रकम आउन बाँकी रहेको उनले बताए । 

घरको कमाउने मान्छेको अल्पायुमै निधन भएपछि नवीनको परिवार अहिले पनि समस्यामा रहेको छ । अहिले राजमतीको नाममा बैंकमा खाता खोलिसकिएकाले सहयोग गर्न चाहने महानुभावहरुले राजमतीकै खातामा रकम जमा गर्न सक्ने बताइएको छ । 

नवीनको परिवार अहिले पनि समस्यामा रहेकाले उनकी श्रीमती राजमती भुलको नाममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड रहेको खाता नम्बर ०६५०५०८०२५१३७२ मा रकम जमा गर्न सकिने छ । यस्तै मोबाइल नम्बर ९७४७८२२७८२ मा सम्पर्क गरेर थप जानकारी लिन सकिने बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३  १३:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update