भारतबाट चोरी भएका गरहगहना कञ्चनपुरमा बरामद
कञ्चनपुर- भारतको पञ्चाव राज्यको लुधियानाबाट चोरी गरिएको बहुमूल्य गरगहना कञ्चनपुर प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयको टोलीले लुधियानबाट चोरी गरी ल्याइएको गरगहना असार २५ गते दोधाराचाँदनी नगरपालिकाबाट बरामद गरेको हो।
दोधाराचाँदनीका एक स्थानीयको घर नजिकै लुकाएर राखेको अवस्थामा ३७ प्रकारका गरगहना र ६ वटा महङ्गा घडी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले भारतको पन्जाबबाट चोरी गरेर ल्याएका विभिन्न ३७ प्रकारका गरगहना र ६ वटा घडी बरामद गरिएको जानकारी दिए। उनकाअनुसार चोरीमा संलग्न व्यक्तिको पहिचान भए पनि उनीहरूलाई पक्राउ गरिएको छैन।
प्रकाशित मिति: आइतबार, साउन ३, २०८३ १२:०८
प्रतिक्रिया दिनुहोस्





