Sagun Khabar
बैतडीको पञ्चेश्वर–२ मा पुनः महाकाली प्रहरी चौकी स्थापना

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिका वडा न २ मा पुनः महाकाली प्रहरी चौकी स्थापना गरीएको छ । आइतबार देखि वडा न. २ स्थीत घणेला भन्ने स्थानमा सहायक प्रहरी निरीक्षक यज्ञ राज पाण्डे सहितको कमान्डमा ५ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिहले बताए ।

करिब दुइ वर्ष अगाडी पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी साढे १७ बर्षीया किशोरी बेपत्ता प्रकरणमा महाकाली प्रहरीचौकीका तत्कालिन इञ्चार्ज प्रहरी हवलदार कृष्णराज जोशी मुछिएपछि प्रहरीचौकी नै सारिएको थियो ।

घटना पछि स्थानियको बिरोध सँगै महाकाली प्रहरीचौकीको भाडामा लिएको भवन जीर्ण रहेको, ५ जनाभन्दा बढी बस्न नमिल्ने खालको भएको, बस्तीबाट अपायक ठाउँमा रहेको, सञ्चार सम्पर्क समेत नहुने भुगोल रहेकाले तत्कालका लागि अस्थायी रुपमा महाकाली प्रहरी चौकीलाई कुलाउ प्रहरी चौकीमा स्थानान्तरण गरिएको थियो । 

पछिल्लो समयमा महाकाली क्षेत्रमा कुलाउबाटै प्रहरीको टोली गस्तीमा जाने गरेको थियो । महाकाली नदीस्थति डिम्बर घाटबाट अवैध सामान आयत हुनसक्ने भएकाले गस्ती भने नयिमति हुने गरेको प्रहरी निरीक्षक सुरज सिहले बताए ।

महाकाली प्रहरी चौकी पुनः स्थापना भएसँगै स्थानिय ठाउँमा शान्ती सुरक्षा हुने र सिमा क्षेत्रमा हुने अबैध कार्य कम हुने बिश्वास गरिएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले बताए ।

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३  १२:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update