Sagun Khabar
प्रहरी चौकी खोड्पेका इन्चार्ज भट्ट असार महिनाका उत्कृष्ट प्रहरी घोषित 

बैतडी – जिल्ला प्रहरी कार्यालय बैतडीले मासिक उत्कृष्ट प्रहरी घोषित गर्ने कार्यको शुभारम्भ गर्नु भएको छ । असार महिनाको उत्कृष्ट प्रहरीको रुपमा प्रहरी चौकी खोडपेका इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्ण राज भट्टलाई सम्मान गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक सुरज सिहंले बताए  । 

गत असार १९ गते धनगढी बाट बैतडी आउदै गरेको बस पाटन नगरपालिका ९ स्थीत गैराखानमा   दुर्घटनामा परेको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खोड्पेबाट तत्काल घटनास्थलमा खटिइ तत्कालैै घाइतेहरुको उद्धार तथा सरोकारवाला निकायहरु सँग समन्वय गरी समयमै अस्पताल पु¥याइ थप जनधनको क्षती हुनबाट  रोकथाम गरी पुर्ण लगनशील र कर्तव्यनिष्ठ भइ आम नागरीक माझँ प्रहरीको संगठनको गरीमा बढाउनमा योगदान पु¥याएकाले असार महिनाको उत्कृष्ट प्रहरी छनौट गरी सम्मान गरीएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले बताए ।

फिल्ड क्षेत्रमा खटिएका नेपाल प्रहरीका कर्मचारीहरुको कार्यलाइ प्रोत्साहन तथा मनोवल उच्चराख्ने उद्धेश्यले मासिक उत्कृष्ट प्रहरी कर्मचारी घोषित गर्ने कार्यको शुरु गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  
 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३  १३:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update