Sagun Khabar
बैतडीको दशरथचन्द नगरपालिकाकी उप–प्रमुख चन्दले गरीन आफ्नो सेवा,सुविधा बाफतको रकम विपन्न तथा जेहेन्दार विद्यार्थीलाइ सहयोग

बैतडी-  बैतडीको दशरथचन्द नगरपालिकाकी उप–प्रमुख कौशीला चन्दले आफ्नो सेवा,सुविधा बाफतको रकम विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको पढाइका लागि सहयोग गरेकी छन् ।

उप–प्रमुख चन्दले सोमबार नगरपालिका भित्रका ११ जना विपन्न विद्यार्थीहरुलाइ रु ५० हजारका दरले आर्थिक सहयोग गर्नुभएको हो ।

यसरी सहयोग गरिएका विद्यार्थीहरुमा यसोदा कोलि, बिरेन्द्र चन्द, गोमती बडु, बिपना भट्ट, मुकेश ओझा, मुकेश थापा, डम्बर सिह थापा, बिक्रम चुनारा, बिनोद महर, हेमन्ती जोशी र लोकेन्द्र सिह थापा रहेका छन् ।

गत बर्ष पनि पाँच जना विद्यार्थीहरुलाइ रु ६० हजारका दरले सहयोग गर्नु भएको थियो । गत बर्ष आर्थिक सहयोग पाउनेहरुमा निशा दमाई, जोति थापा, सपना दमाई, रबिना थापा र दिपा रावल थिए । विपन्न समुदायबाट प्राविधिक बिषय पढ्ने छात्रा छात्रहरुलाइ अझै सहयोग गर्ने उनले बताइन् ।

राजनीति सेवाका लागि गर्नपर्ने बताउदै आफु पदमा भए पनि नभए पनि सक्दो सहयोग सधै गरिरहने उप–प्रमुख कौशीला चन्दले बताइन् । 

उप प्रमुख चन्दले निर्वाचित भएदेखि नगरपालिकाको काम गर्दा पनी आफ्नै निजी सवारी साधन प्रयोग गरिरहनुभएको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update