Sagun Khabar
बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी निरौलाको बिदाइ 

बैतडी –बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी राजमणी निरौलाको बिदाइ गरिएको छ । निरौलाको बैतडीबाट सुनसरी जिल्लामा सरुवा भएपछि उनको बिदाइ गरिएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए । 

जिल्ला प्रशासन कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरेर सहायक प्रमुख जिल्ला अधिकारी निरौलाको बिदाइ गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहँदा निरौलाले इमान्दारिता, सेवा प्रतिको समर्पण, नेतृत्वदायी क्षमतासहित कार्यसम्पादन गरेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । 

सहायक प्रमुख जिल्ला अधिकारी निरौलाको सरल स्वभाव, सेवाप्रतिको समर्पण, निष्पक्ष कार्यशैली र उच्च कार्यकुशलताले कार्यालयको समग्र कार्यसम्पादन प्रभावकारी बनाउन सहयोग मिलेको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  १२:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update