Sagun Khabar
पत्रकार महासंघ बैतडीका अध्यक्ष बडूलाई पितृ शोक 

बैतडी–नेपाल पत्रकार महासंघ बैतडी शाखाका अध्यक्ष नरी बडूलाई पितृ शोक परेको छ । उनका बुवा देवदत्त बडुको ७५ बर्षको उमेरमा शनिबार निधन भएको हो । 

लामो समयदेखि बिरामी रहेका बडूको निधन भएको उनको पारिवारिक श्रोतले जनाएको छ । 

बडूको निधनप्रति नेपाल पत्रकार महासंघ लगायत विभिन्न संघ–संस्थाले गहिरो दुःख व्यक्त गरेका छन् । 

उनीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त अध्यक्ष नरी बडुसहित सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  ११:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update