Sagun Khabar
बैतडीमा अवैध बिँडी बरामद 

बैतडी–बैतडीमा अवैध बिँडी बरामद गरिएको छ । 

झुलाघाटबाट सतबाँझतर्फ आइरहेको नगर बसबाट गोठलापानीमा चेकजाँचका क्रममा आज अवैध बिँडी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

बसबाट झण्डै साढे सात हजार बराबरको २८ बण्डल बिँडी बरामद गरिएको भएपनि बिँडी कसले ल्याएको हो भन्ने कुरा नखुलेको प्रहरी निरीक्षक सिंहले बताए । 

भारतबाट अवैध रुपमा भित्र्याएको बिँडी बसमा ल्याएको हुन सक्ने अनुमान गरिएको छ । बरामद गरिएको बिँडी महाकाली भन्सार कार्यालय झुलाघाटमा बुझाइने प्रहरी निरीक्षक सिंहले जानकारी दिए । 

नगर बसमा कसले बिँडी राखेको भन्ने कुरा नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । दशरथचन्द नगरपालिकाले सञ्चालन गरेको नगर बस हरेक दिन सतबाँझ–झुलाघाट रुटमा सञ्चालन हुने गरेको छ ।  
 

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  २१:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update